नेपाल सरकार

पशु पंक्षी विकास मन्त्रालय
पशु सेवा विभाग
पश्चिमाञ्चल क्षेत्रीय पशु सेवा निर्देशनालय

जिल्ला पशु सेवा कार्यालय, पर्वत

Flag

जिल्ला पशु सेवा कार्यालयको संक्षिप्त विवरण

पशु चिकित्सालय शाखा पर्वतको नाम लिई यो कार्यालय आ. ब. २०३६/०३७ मा जन्मेको कार्यक्रम संचालन गरि यस जिल्लाको शिवालय गा.वि.स. वडा नं. ९ मा ५ हेक्टर जमिन लिई घासे बाली श्रोत केन्द्र स्थापना गरि बिभिन्न उन्नत जातका घासे खेति गरि बाग्लुङ्ग, मुस्ताङ्ग, कास्की, स्याङ्जा जिल्लाहरुलाई समेत उन्नत घासको बिउ र वेर्ना उपलब्ध गराउन सक्ने स्थितीमा पुगेको यस लार्यालय आ।व. ०४९/०५० मा एकिकृत संरचनाअनुसार कृषि बिकास कार्यालय संग गाभिन गई सक्त घाँसेबाली श्रोत केन्द्र निस्कृय हुन पुग्यो । आ.व. ०५२/५३ वाट कृषि बिकास कार्यालय बाट अलग भई जिल्ला पशु सेवा कार्यालयको नाम वाट यस कार्यलयले पशु स्वास्थ्य र पशु विकास कार्याक्रमहरु संवालन गर्दौ आईरहेको छ । त्यस्तै अा. व. ०५६/५७ देखि तेश्रो पशु बिकास आयोजना वाट अबलम्बन कृषक केन्द्रित कार्यक्रमहरु यस कार्यालय मार्फत संचालित थिए । आ.व.०६०/६१ बाट दलित जनजाती मुक्त कमैया समुदायमा बाख्रा पैचो कार्यक्रम अन्तर्गत बाख्रा पैचो कार्यक्रम संचालन गरिएको थियो भने ०६२/६३ बाट अति बिपन्न लक्षित बर्ग बिषेश कार्यक्रमबाट २६०० परिवातमा सेवा पुर्याईएको छ ।